|

दाङ : तुलसीपुर उपमहानगपालिका ६ निवासी विनु वली शिक्षिका हुन्। उनलाई  यही वैशाख ११ गते कोरोना पुष्टि भयो। उनी केही समय होम आइसोलेशनमा बसेपछि कोरोनालाई जितेकी छन्। उनले आफूलाई कहिले कोरोना संक्रमण भयो, थाहा नपाएको बताइन्।

गत वैशाख १० गते अस्वस्थ ठानेपछि पिसिआर परीक्षण गर्दा ११ गते  रिपोर्टमा कोरोना पोजेटिभ भएको उनले बताइन्।  गत वर्ष उनले कोरोनाको बारेमा सुनेको भए तापनि  तर, अनुभूति थिएन। तर दोस्रो लहरले आफू र  आफ्नो  परिवारका सदस्यलाई नछाडेको उनको भनाइ छ। उनले भनिन्,‘ म कहाँबाट संक्रमित भएँ भन्ने थाहा नै भएन।

शरीर अस्वस्थ भएपछि पिसिआर परीक्षणको लागि घोराही गएँ।‘  उनले रिपोर्टमा कोरोना पुष्टि भएपछि  आफ्नो  गिर्दो मनोवल त झन उच्च बनाएको बताइन्। तर, धेरै मानिसहरुले कोरोना लाग्नेबित्तिकै आत्मबल नै कमजोर बनाएको पाइन्छ। तर मलाई मेरा घर परिवारलाई संक्रमित हुन दिन हुँदैन्, भन्ने लाग्यो र  एकान्त बासको व्यववस्थापन, खानपिन र दैनिक दिनचर्याको तयारीमा जुट्ने तत्काल निधो गरे।

त्यस्तै, आफुलाई कोरोना पुष्टि भएता पनि घरपरिवार र श्रीमानको साथ सहयोगले थप उर्जा मिलेको उनले अनुभव सुनाइन्।  ‘मेरा लागि आवश्यक औषधिका श्रीमान् मार्फत स्वास्थ्यकर्मी बिमल केसीजीसँग परामर्श भयो। केही औषधिको ल्याइयो। स्वास्थ्य सम्बन्धी अध्ययन मेरो अनुभवका कारणले पनि हुन सक्छ मनोवल उच्च नै रहिरह्यो।

ज्वरो आयो, सिटामोल प्रयोग गरेँ। १०० भन्दा माथि गएन। लामो समयसम्म खोकी लाग्यो त्यसका लागि कफसिरफ प्रयोग गरे,’ उनले थपिन्। झण्डै ६÷७ दिनसम्म केही असजिलो महसुस भएको समेत उनले  बताइन्। तर, आफूलाई  आफ्नो परिवारले कहिले पनि  साथ नछोडेको उनको भनाइ छ।
‘परिवारबाट हसाउने, गफमा भुलाउने, खुसी बनाउने, मनोरञ्जन दिन काम भइरहन्थ्यो। श्रीमान् सुशील तथा दुई छोरी स्नेहा र निष्ठाले मलाई एक्लो हुन नदिँदा मेरो अनुभवमा संक्रमणले च्याप्न पाएन,’ खुशी हुँदै उनले भनिन्।

यदि मानिसहरु एक्लै भएपछि मात्र मनमा नराम्रो सोचहरु आउने  आत्माबल कम्जोर हुने अवस्था हुन्छ। तर, मलाई कहिले पनि एक्लै हुन दिनुभएन, र मैले कोरोना जिते।   त्यस्तै आफुले  बेला–बेलामा टिमुर, ल्वाङजस्ता जडीबुटी पनि प्रयोग गरिरहेको उनले बताइन्।

उनले भनिन्,‘ पौष्टिक आहार, तातोपानी, सुप निरन्तर रुपमा लिए। मुख मिठो थिएन, बास्ना र गन्ध आउँदैन् थियो। तर, रोगलाई जित्नुपर्छ भनेर अरु बेलाभन्दा बढी पौष्टिक आहार लिएँ।’

त्यस्तै, आफुलाई बेला बेलामा घाटी सुकेझैं  हुने र  असजिलो महसुस हुँदा मनमा डर लाग्ने गरेको समेत उनले अनुभव सुनाइन्। अस्पताल तत्काल गइहालु जस्तो लाग्दथ्यो तर,  मध्यरातमा श्रीमान, दुई छोरीको हौसला र तातोपानीको ब्यवस्थाले मलाई अमृतसरह भयो। जसका कारण केही सहज महसुस गर्ने गरेको उनको भनाइ छ। त्यस्तै, आफूलाई श्वास प्रश्वासमा समस्या आउनेबित्तिकै घोप्टो परी सुत्ने गरेको समेत उनले बताइन्।

रातमा असहज

तर, उनको अनुभवअनुसार कोरोना संक्रमणले दिउँसोभन्दा रातको समयमा अलि बढी सताउने गर्दथ्यो। दिउँसो सबै परिवारले रमाइलो गर्ने गरेता पनि रातमा सुत्नुपर्ने भएकाले एकान्त र सुनसान मध्यरातमा आफूलाई  एक्लो महशुस हुने भए तापनि मनलाई कहिले पनि  गिर्न नदिएको उनले बताइन्।

उनले भनिन्,‘ कोरोना जित्ने एउटा मुख्य उपाय हौसला, उच्च मनोबल, सकारात्मक सोच नै हो।  मलाई अनुभूति रह्यो।’ त्यस्तै,  उनले आफूलाई कोरोना पुष्टि भएपछि सुरक्षित ढंगले होम आइसोलेशनमा बसेको भएता पनि घरपरिवारमा सानी छोरी, बुवा–मुवा, सासु–ससुरालाई समेत कोरोना संक्रमण भएको बताइन्। तर, मेरो अनुभवले उहाँहरुलाई कोरोनामुक्त गराउन हाम्रो परिवार सफल भयो।’

आफू र  घर परिवार अन्य सदस्यहरुले कोरोना जित्नुमा  स्वास्थ्यकर्मी बिमल केसी, तुलसीपुर उपमहानगपालिका नगरप्रमुखको सचिवालय र वडा नम्वर ६ को स्वास्थ्य शाखाका यज्ञ केसीले फोनमार्फत दिनुभएको स्वास्थ्य अवस्थाको जानकारी, सल्लाह, सुझाव र स्वास्थ्य लाभको कामना भएको  बताइन्।

अहिलेको वर्तमान परिवेशमा विभिन्न सामाजिक सञ्जालमा आएका लेख पढ्दा साह्रै दुःख लाग्ने गरेको समेत उनले बताइन्। ‘नकारात्मक भन्दा सकारात्मक पोष्ट गरौं। जसबाट कोरोना संक्रमितहरुलाई हौसला प्रदान होस्। त्यसै पनि संक्रमितहरुको मनोवल गिरेको हुन्छ। त्यसबेला मनोवल उच्च हुने र हौसला बढ्ने खालका लेखहरु लेख्नुपर्छ ,’ उनले भनिन्।

त्यस्तै, तुलसीपुर ९ निवासी पत्रकार संगीत बस्यालले पनि करिब २१ दिनपछि कोरोनालाई जितेका छन्। उनले पनि कोरोनासँगको लडाइँमा आफ्नो  जित भएको बताए। उनले संसार रुवाइरहेको कोरोना जित्नु सानो कुरा हो, जस्तै आफुलाई  नलागेको समेत बताए। उनी कोरोना पुष्टि भएपछि होम आइसोलेशन मै बसेका थिए। होम आइसोलेशनमा बस्दा ३-४ दिन धेरै कष्टकर भएको समेत उनले बताए।

उनले आफ्नो अक्सिजन मात्र ८६-८७ मात्र हुन गरेको अनुभव सुनाए। उनले भने, ‘ कोरोनाले यस्तो पीडा दियो कि त्यो भनी साध्य नै छैन। शरिरको दुखाइ, ज्वरो १०२ भन्दा बढी निरन्तर  आइरहने, मनमा अब हुन्न कि भन्ने मात्रै आउने कुराले सताउथ्यो। तर,  म घर परिवार, साथीभाइको माया र हौसलाले कोरोना लडाइँ जिते।’

बुवा आमा, श्रीमती, भाई बुहारी, बहिनी, छोराहरुले गरेको माया, स्याहार र कामना नै मेरो लागि सञ्जिवनी बुटी भएको र त्यसैले आफू ठिक भएको समेत उनले सुनाए।

त्यस्तै, उनले कोरोना संक्रमितहरुले हिम्मत, आँट र खानपिनमा जोड दिनुपर्नेसमेत बताए।  २१ दिनको आइसोलेशन बसाइले जीवन र सपनाहरु प्रतिको मेरो दृष्टिकोण थप फराकिलो बनाएको समेत उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.