|

काठमाडौं : पछिल्लो समय भारतमा देखिएकाे आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको आँखामा ‘कालो ढुसी’को संक्रमण समस्या नेपालमा पनि देखिन थालेको छ।

पर्साको वीरगन्जमा कोभिडका बिरामीमा यस्तो समस्या देखिएको नारायणी अस्पतालका  डा उदय सिंहले बताए। डा सिंहका अनुसार यस्तो समस्या देखिएको एक जना संक्रमितको मृत्यु भइसकेको र हाल  दुई जनाको उपचार भइरहेको छ। 

‘कोभिडको विरामीमा आँखामा ढुसी पलाउने समस्या केही बिरामीमा देखिएको र एक जनाको त मृत्यु भइसकेको छ। हाल दुई जनाको उपचार भइरहेको छ’ उनले भने। आँखाको समस्यामा प्रायः दुर्लभ मानिने यो संक्रमण अहिले कोभिड भएर निको हुने क्रममा रहेका मानिसहरूमा धेरै देखिने गरेको छ।

भारतमा म्यूकोर्माइकोसिस अर्थात् ‘कालो ढुसी’ को सङ्क्रमण भएका आठ हजार आठ सय जनाभन्दा बढी बिरामी फेला परेको त्यहाँका अधिकारीहरुले बताइरहेका छन्। नेपालमा पनि कडा लक्षण सहित कोरोनाको संक्रमण भएकाहरुमा यस्तो समस्या देखिन थालेको हो।  

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आँखा रोग विशेषज्ञ डा सञ्जिव भट्टराईका अनुसार संक्रमणको कारण लामो समय सम्म आइसियू र भेन्टिलेटरमा उपचार गराएर सन्चो भएका संक्रमितहरुमा यस्तो समस्या देखिन थालेको बताए।

उनले भने ‘विस्तारै यस्ता समस्या भएका बिरामीहरु देखिन थालेका छन, अहिले धेरै ठाउँमा निषेधाज्ञा भएको कारण पनि धेरै अस्पताल आउन सक्नु भएको छैन तर यस्ता समस्या भएका बिरामी बढ्न सक्छन।‘

डा भट्टराईका अनुसार दीर्घरोग भएका संक्रमितहरुमा यस्तो समस्या धेरै देखिने बताए। उनले भने ‘ विशेषत कडा खालका रोग भएका र लामो समय सम्म चिसोमा आइसियू र भेन्टिलेटरमा उपचार गरिएकाहरुमा यस्तो समस्या देखिने गर्छ।‘

के हो म्यूकोर्माइकोसिस ?

डा भट्टराई अनुसार यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ।

यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ। मधुमेह वा प्रतिरोध क्षमता कम  भएका कडा खालका रोगहरु भएका क्यान्सरका बिरामी मानिसका लागि यो रोग प्राणघातक बन्न सक्छ। कोभिडबाट निको भएको एक हप्ता पछि  ढुसी पलाउने समस्या देखिन सक्छ।

यसको उपचारमा एम्फोटेरिसिन (बी अथवा एम्फो बी भनिने एन्टी (फङ्गल औषधि सुईबाट बिरामीमा प्रत्येक दिन आठ साता सम्म दिनुपर्छ। नभए ढुसी खुर्किएर फाल्न समेत सकिने उनले बताए।

लक्षणहरु

आँखा सुन्निने

आँखा वरिपरि रातो हुने

आँखा धमिलो र नदेख्ने हुन्छ

आसु आउने

छाला कालो हुने

बाक्लो कुहिएको सिँगान झर्न थाल्छ

नाक बन्द हुन्छ

के खतरा गर्छ

कडा लक्षणसहित आइसियु र भेन्टिलेटरमा उपचार गराएर निको भएका संक्रमितहरुमा चिसो हुनुका साथै यिनिहरुमा कडा स्टोरोइड औषधि चलाउने हुँदा यस्तो समस्या देखिने डा भट्टराईले बताए। उनले भने ‘अहिले कोभिडको बिरामीमा यस्तो समस्या आइरहेको भनिएको छ। यसको मुख्य कारण स्टोरोइड औषधि र लामो समय सम्म चिसो आइसियूमा उपचार हुनु हो।‘

यो समस्या देखिए समयमा नै उपचार गरिएन भने आँखा कमजोर हुने। दृष्टि कम गर्छ। नाक र मुखमा घाउ मनाउने हुँदा मस्तिष्कमा असर पुग्ने हुदा मानिसको मृत्यु समेत हुन्छ।

यो सरुवा रोग हो। एउटा आँखाको माध्यमबाट अर्को आँखामा सर्ने गर्छ। अहिले के भनिएको छ भने, कोरोनाभाइरस आँखाको आँशु र आँखाबाट बग्ने पानीको माध्यमबाट पनि अर्को व्यक्तिमा सर्न सक्छ।

उनले आँखाबाट पनि कोरोना सर्न सक्ने बताए। यस्तै  यस्तै रोग प्रतिरोधि  क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने कोभिड भएर घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्नु नहुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.