|

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन्। अध्यक्ष थापाले माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाइने बताएका हुन्।

‘सुदूरपश्चिम प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो,’ उनले भने, ‘आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अहिलेको मन्त्रिमण्डलमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय प्रदेश कमिटीले गरिसकेको छ।’

सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। अध्यक्ष थाापका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.