|

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकन नागरिकको शव भेटिएको छ। २०७६ जेठ १३ गते आरोहण सकेर फर्किनेक्रममा मृत्यु भएका क्रिस्टोफर जेन कुलिसको शव शनिबार भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

घट्नाको समयमा उद्धारको लागि मौसम अनुकूल नहँुदा शव सोही स्थानमा छाडिएको थियो। बसन्तयाममा आरोहण सकेर फर्कने आरोहीको समुहले उद्धार गरी उक्त शवलाई क्याम्प २ मा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।

अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत शव ल्याउने प्रयास भइरहेको बताइएको छ। ६१ वर्षीय कलिसको क्याम्प ४ मा हृदयघातका कारण मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनी ट्याग नेपाल ट्रेकिङ कम्पनी मार्फत १४ जना समुहमा सगरमाथा आरोहणमा गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.