|

झापा : झापा कारागारमा जेल जीवन बिताइरहेका एक भारतीय कैदी बन्दीको बुधबार मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल उत्तर दिनाजपुर घर भएका ५८ वर्षीय मोहम्मद हसिवुल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

प्रहरीका अनुसार २०७३ साल मङ्सिर ६ गते जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका हसिबुल दीर्घरोगका बिरामी थिए।  पेट र जिउ सुनिने रोगका कारण उनलाई मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको र उनको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको डिएसपी थापाले बताए। 

उनको शवलाई भारत पठाउने तयारी भइरहेको छ। शवलाई भद्रपुर नाकाबाट पठाउन नमिल्ने भएपछि काँकडभिट्टा नाकाबाट पठाउन भारतीय सुरक्षाकर्मीसँग सहकार्य भइरहेको प्रहरीले जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.