|

सल्यान : दोस्रो चरणको भेरियन्टसहितको कोरोना भाइरसको सक्रमणसँग यतिबेला नेपाली लडिरहेका छन्। भाइरसको संक्रमणकै कारण धेरै मानिस निराश र निरस बन्दै गइरहेका छन्। लामो समयको निषेधाज्ञाले धेरैलाई आहात दिँदै आइरहेको छ। तर, नागरिकका बगैँचाका फूललाई फूल्न भने कोरोनाले रोक्न सकेको छैन।

कोरोनाले आहात बनाएको समयमा घरका छत तथा बगैँचामा ढकमक्क फूलेका फूलहरुले संक्रमितहरूको मनमा राहत महसुस भएको छ।

फूल्दै गरेका कोपिला र फूलेका फूलमा भमरा बसेको हेर्दा केही समयका लागि भए पनि कोरोनाको पीडालाई भुलाउने सहयोग मिलेको छ।

अत्यावश्यक कामबाहेक धेरै मानिस अहिले घरबाहिर निक्लिदैनन्। घरभित्र बस्दाको दिक्दारीलाई भुलाउने माध्यम यतिबेला बगैँचा र गमलामा फूलेका फूल बनेका छन्। आफ्नो बगैँचामा फूलका फूलहरुसँग समिप रहेर दिनभरको दुःख र पीडा बिसाउने सारथि बनेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.