|

काठमाडौं : विश्वभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ। कोरोनाबाट अब विश्वको कुनै पनि मुलुक अछुतो हुन सकेको छैन। बिहिबार बेलुका समाचार तयार पार्दा विश्वभर करिब १६ करोड ९१ लाख ४३ हजार ४८४ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमा ३५ लाख १३ हजार ९४१ जनाको मृत्यु भएको छ भने १५ करोड ७ लाख ८८ हजार ५९२ जना कोरोना मुक्त भएका छन्।  

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। त्यहाँ हालसम्म ३ करोड ३९ लाख ७१ हजार २०७ जनामा कोरोना पुष्टि भएसँगै पहिलो नम्बरमा रहेको छ। त्यहाँ हालसम्म ६ लाख ६ हजार १७८ जनाको मृत्यु भएको छ भने २ करोड ७६ लाख ६२ हजार २६८ जना कोरोनामुक्त भएका छन्। अझै ५७ लाख २ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन्।

नेपालको अवस्था

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको ग्राफ उक्लिरहेको छ। यद्यपि‚ बिहीबार भने देशभर कोरोना संक्रमित र मृतकको संख्या घटेको थियो। परीक्षण दायरा लगभग स्थिर हुँदा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकको बिहीबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९९२ जनाको परीक्षण गर्दा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ४१४ जनाको पिसिआर परीक्षण गर्दा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने बढ्दै जान थालेसँगै सक्रिय संक्रमित पनि केही घटेका छन्। बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ। सोही अवधिमा २४ घण्टामा १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

दक्षिण एसियामा कहाँ कति?

दक्षिण एसियाली राष्ट्र भारत २ करोड ७३ लाख ६९ हजार ९३ जनामा कोरोना संक्रमणसहित पहिलो स्थानमा रहेको छ। भारतमा कोरोनाबाट हालसम्म ३ लाख १५ हजार २६३ जनाको ज्यान गइसकेको छ। २ लाख ४६ लाख ३३ हजार ९५१ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमित २४ लाख १९ हजार ८७९ जना रहेका छन्।

कोरोना संक्रमणको दोस्रो स्थानमा पाकिस्तान रहेको छ। पाकिस्तानमा हालसम्म ९ लाख ११ हजार ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा २० हजार ५४० जनाको ज्यान गएको छ। भने ८ लाख ३१ हजार ७४४ जना कोरोनामुक्त भएका छन्। हाल पाकिस्तानमा संक्रिय संक्रमितको संख्या ५९ हजार १८ जना रहेका छन्।

कोरोनाको लहरको तेस्रो प्रभावित राष्ट्र बंगलादेश रहेको छ। त्यहाँ हालसम्म ७ लाख ९३ हजार ६९३ जनामा कोरोना पुष्टि भएको छ भने १२ हजार ४५८ जनाको ज्यान गइसकेको छ। बंगलादेशमा ७ लाख ३३ हजार ८६६ कोरोनामुक्त भएका छन् भने ४७ हजार ३६९ जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै, कोरोनाको जोखिममा चौथो राष्ट्र नेपाल रहेको छ। नेपालमा हालसम्म ५ लाख ४२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ। हाल ४ लाख १८ हजार ८२९ जना कोरोनामुक्त भइसकेका छन् भने १ लाख १६ हजार ४७६ जना संक्रिय संक्रमित रहेका छन्।

कोरोनाले प्रभावित पार्ने पाँचौं मुलुकमा श्रीलंका रहेको छ। त्यहाँ हालसम्म १ लाख ७२ हजार २७७ जनामा कोरोना देखिएको छ। १ हजार २९८ को ज्यान गएको छ भने १ लाख ४२ हजार ३७८ जना कोरोनामुक्त भएका छन्। हाल संक्रिय संक्रमितको संख्या २८ हजार ६०१ जना रहेका छन्।

छैटौं स्थानमा अफगानिस्तान रहेको छ। त्यहाँ हालसम्म ६९ हजार १३० जना कोरोना संक्रमित रहेका छन् भने २ हजार ८८१ जनाले ज्यान गुमाएका छन्। ५६ हजार ९ सय ६२ जना कोरोनामुक्त भइसकेका छन् भने ९ हजार २८७ जना संक्रिय संक्रमित रहेका छन्।

सातौं स्थानमा माल्दिभ्स रहेको छ। जहाँ ५९ हजार ६४४ जनामा कोरोना देखिएको छ। १४७ जनाले ज्यान गुमाएका छन् भने ३४ हजार ६२१ कोरोनामुक्त भइसकेका छन्। हाल त्यहाँ २४ हजार ८७६ जना संक्रिय संक्रमित रहेका छन्।

कोरोनाबाट सबैभन्दा कम प्रभावित राष्ट्र भुटान रहेको छ। जहाँ १ हजार ४६४ जनामा संक्रमण रहेको छ। तीमध्ये एक जनाले मात्र ज्यान गुमाएका छन्। हाल १ हजार १ सय कोरोनामुक्त भइसकेका छन् भने २७७ जना संक्रिय संक्रमित रहेको वर्ल्डोमिटरले देखाएको छ।

कोरोनाबाट मृत्युदर कहाँ कति?

कोरोना संक्रमणमा दक्षिण एसियाली मुलुकमा ३ लाख ५९ हजार ५३९ जनाको मृत्यु भएको छ। जसमध्ये अफगानिस्तानमा कोरोनाबाट मृत्यु हुने दर उच्च रहेको छ। त्यहाँ ४.२, प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको छ।

पाकिस्तानमा २.२  बंगलादेशमा १.६, नेपालमा १.३, भारतमा १.१, माल्दिभ्समा 0.२, र श्रीलंकामा ०. ७, भुटानमा ०.१, प्रतिशत रहेको छ।

निको हुने दर

कोरोना संक्रमणसँगै निको हुने दर पनि उच्च रहेको छ। सार्क राष्ट्रमा हालसम्म २ करोड ९९ लाख १८ हजार ८ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। जसमा २ करोड ६८ लाख ५३ हजार ५३७ जना कोरोनामुक्त भएका छन्। बंगलादेशमा ९२.५, पाकिस्तानमा ९०.८, भारतमा ८९.३, अफगानिस्तानमा ८४.५,  भुटानमा ८४.१, श्रीलंकामा ८३.७,  नेपालमा ७६.६, माल्दिभ्समा ५७.६, प्रतिशत निको हुने दर रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.