|

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।

गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। 

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गम्भीर अवस्थामा उपचाररत एकजना कोरोना संक्रमितको ज्यान गएपछि बिरामीका आफन्तहरुले बिहीबार राति साढे ९ बजे आइसियु कक्ष तोडफोड गर्दै उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेका थिए। चिकितत्सक तथा स्वास्थ्यकर्मीहरु एक तल्ला माथिबाट हाम फालेर ज्यान जोगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.