|

केही दिन पहिले उदयमान र इमान्दार नेता पशुपति चौलागाईंको निधन पनि कोरोनाकै कारण भएको थियो। त्यतिबेला मैले सामाजिक सञ्‍जालको फेसबुकमा लेखेको थिएँ – यो कोरोना पनि बाँच्नु पर्नेलाई लान्छ, मर्नु पर्ने तिर आँखै लाउँदैन।  कुरो अहिले पनि त्यस्तै लेख्ने त्यस्तै वाक्य लेख्ने मौका  पर्‍यो।

अस्ति बिहान फेसबुकको पातोमै पहिलो दुःखदायी खबर थियो – बान (ब्रोडकास्टिङ एशोसिएन अफ नेपाल) का चन्द्र न्यौपानेको कोरोनाका कारण दुःखदायी निधन भयो। स्तव्ध भएँ म। मलाई पत्यारै लागेन।

एउटा अटुट बन्धन हुन्छ राजनीतिक मित्रताको। त्यसको डोरो निकै बलियो हुँदो रहेछ। म  थिएँ –सप्तकोशी एफ. एम.को संचालक समितिको अध्यक्ष। उहाँ हुनुहुन्थ्यो,  रेडियोको डाइरेक्टर। म काठमाडौंमा बस्छु, सप्तकोशी एफ. एम. चलेको छ इटहरीमा। 

अहिले, भूमिगत कालमा हामी ‘नेपालमा राष्ट्रिय पुँजीपतिको अस्तित्व खोज्न हिँड्थ्यौँ। भेटिन्थे केही नाम चलेकै व्यापारीहरू पनि तर अहिले ती मध्ये धेरैले पनि चोला फेरेको देखिन्छ। उनीहरू पनि दलाल पुँजीपति बनेर उल्टो सुल्टो कमाइ खान थालेका छन्।

रेडियो शुरु गर्दा साह्रै कष्टमा थियौं हामी। चन्द्रजीलाई व्यवस्थापक बनाएपछि नै हो रेडियो उकालो लागेको। अरू धेरै  साथीको सहयोगी भूमिका छ। तर चन्द्रजीलाई अरूभन्दा धेरै जस दिनुपर्छ।

रेडियोको आफ्नै जग्गा र घर भयो। रेडियोले स्थायित्व पायो। पूर्वाञ्चलको प्रमुख रेडियो पनि भयो। पछिल्लो भेटमा उहाँले भन्नु भएको थियो, प्रेम दाइका अनुसार अब हामी ऋणमुक्त भयौं।

‘तेसो भए धन्यवाद। तपाईको भविष्य धेरै उज्जवल छ है’ म उहाँलाई भन्थेँ।

‘किन र सर’ उहाँ अबोध पाराले सोध्नु हुन्थ्यो।

‘यसरी समस्याको समाधान खोज्ने पाउन मिहिनेत गर्ने  मानिसको भविष्य धेरै उज्यालो हुन्छ।’

तर त्यो उज्यालोको चमक देखिन नपाउँदै उज्यालो आफैं अनन्त आकाशमा बिलायो।

हाम्रो टिममा उहाँ सबैभन्दा कान्छो हुनुहुन्थ्यो। सायद, हामी सबै सुरक्षा भत्ता खाने उमेरका भयौं होला। उहाँ जानु भयो र उहाँको स्मरणमा म यी केही शब्दहरू लेख्दै छु।

मृत्युपछि गीत गाउने चलन छ नेपालमा। अघिल्लो दिनसम्म सत्तोसराप गरेको मान्छे मरेपछि सोही मान्छेले यसो भनेर भाषण गर्छ,‘उहाँजस्तो असल कोही पनि छैनन् नेपालमा।’ चन्द्र न्यौपानेको कुरा लेख्दा शायद तपाईलाई पनि त्यस्तै लाग्ला। तर मान्छेको देवत्वकरण गर्ने कुरामा मलाई विश्वास छैन। यही विश्वासका कारण पार्टीमा मैले कसैको दौराको फेर समातिन र समात्ने पनि छैन।

मान्छे एक्लै आयो (जो पनि), एक्लै बाँच्छ। एकदिन यही माटोमा एक्लै आफूलाई बिसर्जन गर्छ। यो स्वतन्त्र मानिसको परिचय हो र मार्क्सवादको सच्चाइ पनि यही हो। यो वैयक्तिक स्वतन्त्रता हो।

ठूलाका दौराको फेर समातेर माथि जानेहरू मार्क्सवादी हुँदैनन्गुट भनेको राजनीतिक भाषामा सामन्तवाद होएउटा ठूला अरू सबै उसका गोठालागुटलाई मार्क्सले यसरी सकारेका छन् हामी ती कम्युनिष्ट भन्दा भिन्न छौं जो समाजलाई एउटा ठूलो ब्यारेक बनाउन चाहन्छन्हामीले पहिले वैयक्तिक स्वतन्त्रतामा विश्वास गर्दछौंकिनभने हामीलाई थाहा , एउटा स्वतन्त्र मान्छेले मात्रै अरूलाई स्वतन्त्र जीवन बाँच्न दिन्छ

चन्द्रजीको मार्क्सिय विचारमा अघोर विश्वास थियो। राष्ट्रपतिसँग सिधै सम्पर्क गर्न पाउनु हुन्थ्यो। तर त्यसको दुरुपयोग उहाँले कहिल्यै गर्नु भएन। पछिल्लो पाली उहाँले राष्ट्रपतिबाट शायद कुनै पदक पाउनु भयो। पत्रकारितासँग जोडिएको त्यो पदक उहाँको अधिकारको कुरो थियो। किनभने रेडियो संचालनमा उहाँको कुशलता हामीले देखेकै थियौ। रेडियो प्रसारण संघको अध्यक्ष त उहाँ पहिलेदेखि नै हुनुहुन्थ्यो। यस्तो मानिस सम्मानित हुनु स्वभाविकै थियो।

उहाँ राम्रो पत्रकार पनि हुनुहुन्थ्यो। उहाँ बेला बेलामा  इटहरीबाट म, काठमाडौंमा बसेको मानिसलाई पार्टीको गुटको समाचार पनि दिनुहुन्थ्यो। खास गरेर सरकारी गुटको।

‘अब सकृय राजनीति नगर्ने भन्नुभाको साँच्चै हो ?’ उहाँले एकदिन सोध्नु भयो

‘साथीहरूको ताल यस्तो छ, कुनै न कुनै गुटमा नलागी माथि जान सकिँदैन। तपाईं आफैं सरकारसँग जोडिनु भएको छ। साथीहरूले जनताको काम गर्छन् भन्ने विश्वास पनि अब छैन। नेकपा (एमाले) जनताको पार्टी रहेन अब।

धेरै साथीहरू पहिले विचारको हिसाबले दलाल पुँजीवादको दलदलमा फस्नु भएको बरु स्वतन्त्र हिसाबमा काम गर्नेसकेसम्म एमाले कै सेवा गर्नेजे भए पनि आफैंले जन्माएको हुर्काएको पार्टी  होसाथीहरूले त्यो पनि गर्न दिएनन् भने एक्लै भए पनि जनताको बहुदलीय जनवादको सिपाहीं भएर काम गर्ने हो

मेरो लामो व्याख्यान सुनेर उहाँले भन्नुभयो- हुन त बर्बरिक उपन्यास लेखेपछि तपाईं राजनीतिक क्षेत्रको काम सक्नुभयो जस्तै भन्दा पनि भो। तर पार्टी नेतृत्वमा तपाईंको अनुपस्थिति हाम्रा लागि नराम्रो नै हुने भयो।’

मान्छे सधैं काम गर्न सक्दैन, अरूलाई जस्तै मलाई पनि आराम गर्न मन लाग्छ। अब गर्ने पालो तपाईंहरूको हो।’

नेकपा (एमाले) को अँध्यारो कालमा पशुपति चौलागाई र चन्द्र न्यौपाने जस्ता इमानी शालीन र सक्रिय साथीहरूको निधन भयो। हामी तपाईंहरूकै अभाव पुर्ती गर्नेछौं भन्ने हाम्रो बेला पनि रहेन। त्यो भन्नु भनेको उहाँभन्दा पछिको पुस्ताका साथीहरूको जिम्मेवारी हो।

हामीले दुई पुस्ताको भाग खाएछौँ। तर हामीले गर्न केही सकेनौ। पचास पचास वर्ष जनताको दैलो कुरेका हाम्रा साथीहरूले त्यो दैलो बिर्सनु भयो भने हामीभन्दा ठिक्क पछिको पुस्ताले दलाल पुँजीपतिको एकाधिकारलाई चिर्न पनि सक्दैन। नेपाली जनताको चेतना पनि त्यति माथि गएको हुँदैन।

उहिले, भूमिगत कालमा हामी ‘नेपालमा राष्ट्रिय पुँजीपतिको अस्तित्व खोज्न हिँड्थ्यौँ। भेटिन्थे केही नाम चलेकै व्यापारीहरू पनि तर अहिले ती मध्ये धेरैले पनि चोला फेरेको देखिन्छ। उनीहरू पनि दलाल पुँजीपति बनेर उल्टो सुल्टो कमाइ खान थालेका छन्।

रेडियो एउटा राम्रो प्रचार माध्यम हो। लामै समयसम्म जान्छ तरिका मिलाएर चलाउने हो भने। पछिल्ला दिनहरूमा चन्द्रजी भन्नुहुन्थ्यो, ‘अब पेल्दैछ टेलिभिजनले। के गर्ने सर ?’

‘हामीले राम्रो रेडियो चलाएका छौँ, पूर्वाञ्चलको आवाज भन्न पाएका छौं। यस्तो बेलामा टेलिभिजनतिर लाग्दा हामी यता न उताका हुँदैनौँ ?’  मेरो कुरामा आत्मविश्वास थिएन नै, न त चन्द्रजीसँग त्यसको तत्कालै जवाफ थियो।

उहाँ आफू संलग्न रेडियोका बारेमा जति कुरा गर्नुहुन्थ्यो, उति नै देशभरका खुलेका एफ एम रेडियोको स्थायित्वका बारेमा चिन्ता पनि व्यक्त गर्नुहुन्थ्यो। तत्कालका समस्या समाधान गर्दै गए भविष्यको बाटो समयले खोल्दै जान्छ भन्ने हाम्रो निष्कर्ष रहन्थ्यो। तर कति कुरामा चन्द्रको चित्त बुझ्दैनथ्यो।

उहाँमा रहेको काम गर्ने हुटहुटिले मलाइ पनि पिरोल्थ्यो। जति पिरोलिए पनि अन्तत चन्द्जी यो धर्तीमा रहनुभएन। अब हामीलाई चन्द्र र चन्द्र जस्ता धेरै चन्द्रहरूको अनुभव प्रेरणा र प्रज्ञाले केही गर्न घच्चघच्चाइ रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.