|

काठमाडौं : गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ। 

गत जेठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो। 

प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभा बैठक बोलाइएको हो। 

गुरुङ बैशाख २९ गते दोस्रो पटक गण्डकी प्रदेश मुख्यमन्त्रीमा नियूक्ती भएका थिए।  बजेट अधिवेशनको पहिलो दिन आज प्रदेशसभामा सहभागी दलका नेता वा शिर्ष नेताले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयकी सूचना अधिकारी  सपना अधिकारीले जानकारी दिइन्।  

गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो। लगतै बैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.