|

बर्दिया : वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने भएसँगै मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित बर्दिया लगायत जिल्लामा नागरिकलाई राहत मिल्ने भएको छ।

आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने बताएका हुन्‌। संरक्षित र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने नागरिक र कर्मचारीमाथि वन्यजन्तुबाट आक्रमणबाट भैहाले क्षतिपूर्ति प्राप्त गर्न अब बीमा कार्यक्रमले पनि सघाउनेछ।

​मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गर्न संरक्षित क्षेत्र र राष्ट्रिय वनमा रहेका जैविक मार्ग, घाँसेमैदान, सिमसार, प्राकृतिक पोखरी एवम् बासस्थान संरक्षण गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित र मध्यवर्ती लगायत क्षेत्रमा जैविक विविधता र प्राकृतिक सौन्दर्यमा आधारित पर्यटन पूर्वाधार विकास गर्नेगरी नयाँ बजेट प्रस्ताव गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.