|

सुर्खेत : पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३ सय १३ जनाको पिसिआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ। 

२ सय २६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टि भएको हो। योसँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएका स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कर्णालीमा हालसम्म १५ हजार सात सय ५१ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २३९ जना डिस्चार्ज भएका छन्। हाल कर्णालीमा सक्रिय संक्रमित संख्या पाँच हजार ९ सय २९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.