|

काठमाडौं :  अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले सोमबार 'सम्झनामा सर्जकहरू' कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ।

अनेसास बोर्ड परिषद् सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. नेत्र एटम र नीलकमल सुवेदीले प्राध्यापक सुवेदीको वारेमा मन्तव्य राखेका थिए भने प्रकाश सायमी र मुरारी सिग्देलले साहित्यकार चेतन कार्कीबारे श्रद्धा-सुमन व्यक्त गरे।

कार्यक्रममा डा. वानीरा गिरीबारे अनेसास बोर्ड परिषद् उप-सभापति पदम विश्वकर्माले स्मरण गराएका थिए। अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले दिवंगत सबै प्रति श्रद्धाका शब्दहरू व्यक्त गर्दै राजेन्द्र सुवेदीसँगको सम्बन्धका बारेमा विचार राखे।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल 'माइला'को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र कोषाध्यक्ष कृष्णकुमार गिरीले पनि मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.