|

काठमाडौंः गायक राजु ढकाल र गायिका देवी घर्तीको आवाजमा रहेको 'समयको खेल' बोलको गीत सार्वजनिक भएको छ।

केहि दिनअघि देवी घर्ती मगर युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत हालसम्म १ लाख बढि पटक हेरिएको छ। रविन लामिछानेको शब्द रहेको गीतमा गायक ढकालले संगीत गरेका छन्। गीतको भिडियोमा पनि राजु देवी नै देखिएका छन्।

भिडियोलाई करन चैसिरले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन्। राजु र देवी श्रीमान श्रीमती हुन्। उनीहरु लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय रहेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.