|

बर्दिया : बर्दियाको ठाकुरद्वारमा निर्माण गर्न लागिएको कोभिड उपचार केन्द्रमा आवश्यक सामग्री खरिदका लागि उज्यालो नेपालले सहयोग रकम उपलब्ध गराएको छ।

अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको साढे २ लाख रकम उपचार केन्द्रलाई उपलब्ध गराइएको हो।

उज्यालो नेपालको सहकार्यमा अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको २ लाख ५५ हजार ४५ रुपैयाँको चेक कोभिड प्राथामिक उपचार केन्द्रका संयोजक मोहनलाल चौधरीलाई प्रदान गरिएको उज्यालो नेपालका सचिव गणेशबहादुर थापाले जानकारी दिए।

उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले कोभिड उपचार केन्द्र निर्माणका लागि संकलन गरिएको रकम संयोजक मोहनलाल चौधरी लाई हस्तान्तरण गरेको उनले बताए। संरक्षणप्रमीहरुले संकलन गरि पठाएको रकमले आइसोलेसनका लागि आवश्यक सामाग्री खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको समेत जनाइएको छ।

कोरोना संक्रमितको सहज उपचारका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा अक्सिजन र स्वास्थ्यकर्मी सहितको आइसोलेसन निर्माण गरिएको हो।

वडा नम्बर ९ को पहलमा ठाकुरबाबा नगरपालिका बाट अनुमति लिई ठाकुरद्वारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन तयार गरियो। पालिकामा एउटा मात्रै अस्थायी कोभिड अस्पताल थियो। जहाँ पालिकाका ९ वटै वडाका संक्रमितहरुको उपचार गर्नुपर्दा समस्या हुन्थ्यो। अब अर्को कोभिड अस्पताल पनि सञ्चालनमा आएपछि उपचारमा सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.