|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए। बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनले बताए।

बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विना निष्कर्ष सकिएको थियो।

शुक्रबार पुनः बैठक बसेर एजेण्डा तय गर्ने बताइएको छ। प्रदेशसभा सचिवालयका सचिव धामीले पनि अहिलेसम्म बैठकका एजेण्डाबारे जानकारी प्राप्त नभएको जनाए। उनले बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान नै आजको मुख्य विषय हुने जनाए।

प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिनअगावै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि यसवर्ष राजनीतिक किचलोका कारण ढिलो गरी बजेट अधिवेशन आहृवान भएकाले ढिलाइ भएको छ।

तर, सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गर्दै बजेट ल्याउनुभन्दा ७ दिन अगाडि नीति कार्यक्रम ल्याउनुपर्ने व्यवस्था गरेको छ। असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.