|

काठमाडाैं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज युरोपका दुई ठूला देशीबीच खेल हुँदै छ। 

आज राति नेपाली समयअनुसार सवा ११ बजे युरोविजेता पोर्चुगलले स्पेनको सामना गर्दै छ। स्पेनको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। सन् २०२१ मा दुई टोली पहिलो पटक आमनेसामने हुँदै छन्। 

यसअघि पछिल्ला दुई खेलमा दुवै टोलीले बराबरी नतिजा निकालेका थिए। ७ अक्टुबर २०२० मा पोर्चुगलको लिस्बनमा भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले गोलरहित बराबरी गरेका थिए। 

त्यसअघि २०१८ को विश्वकपको समूह चरणमा पनि दुवै टोलीले ३-३ को बराबरी गरेका थिए। उक्त खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्न सफल भएका थिए। 

आज करिब १ सय वर्षपछि यी दुई टिम प्रतिस्पर्धामा उत्रिएका छन्। यो १ सय वर्षमा ३८ पटक यी दुई टिमले प्रतिस्पर्धा गरेका छन्। जसमा १६ पटक स्पेनले बाजी मारेको छ भने पोर्चुगल मात्र ७ पटक विजयी भएको छ। १५ खेल बराबरीमा टुंगिएका छन्। 

१९३४ को विश्वकप छनोट चरणमा स्पेनले पोर्चुगलमाथि ९-० को फराकिलो अन्तरले जित निकालेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.