|

बाँके : नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन बिस्फोट हुँदा उद्योगमा कार्यरत १ जना  मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन्।

घटनामा परेर सोही स्थानमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको र उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भइरहेको पनि  बताए प्रहरी उपरीक्षक रानाले बताए।

घटनाको जानकारी आउनेबित्तिकै प्रहरी प्रमुख राना, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्लीबहादुर खड्कालगायतको टोली घटनास्थल पुगेर अनुसंन्धान सुरु गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.