|

इलाम : पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री स्थिर भएपनि सरकार स्थिर नभएको बताएका छन्।

सूर्योदय नगरपालिकाको ०७८/७९ मा सञ्चालन र कार्यान्वयन हुने नीति तथा कार्यक्रमको छलफलका प्रमुख अतिथि खनालले भने,‘तीन वर्षमा १८ पटक मन्त्रिमण्डल पुनर्गठन भयो। प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ। मन्त्री सचिव फेरिएका फेरिएकै छन्। सरकार तीन वर्षमा गतिशिल र अग्रगमन ढंगले अघि बढ्न सकेन्।’

भर्चुअल माध्यमबाट सहभागी हुँदै खनालले स्थानीय सरकारले विकास गर्न मुख्य पाँचवटा बिषयमा ध्यान पुर्‍याउनुपर्ने बताए। उनले आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, वन र वातावरण, पुर्वाधारका क्षेत्र र सुशासनको क्षेत्रलाई समन्वय गरेर अघि बढ्नसके समग्र विकास सम्भव हुने बताए।

सरकारले अहिले कोरोनाको जोखिम न्युनिकरण गर्नुपर्ने बेलामा चुनाव घोषणा गर्नुको औचित्य नभएको बताए। ‘महामारीको बेला प्रधानमन्त्री चुनावको घोषणा गरेर फुरफुर गर्दैछन् कसलाई चुनाव गराउँछन्, कसले भोट हाल्छ मलाई थाहा छैन्’ खनालले भने,‘अहिलेको मुख्य आवश्यकता भनेको स्वास्थ्य सुरक्षा नै हो।’

उनले अहिलेको अवस्थामा जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर सेवामा खटिनुका साथै उच्च मनोबल बनाएर अघि बढ्न आग्रह गरे। खनालले विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पुरा गर्न पनि आग्रह गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.