|

बाँके : बाँकेको विभिन्न अस्पतालहरुमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एकजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए।

वलीका अनुसार बासगढी नगरपालिका–८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँकेकी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ जना र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.