|

युरोकप नजिकिँदै गर्दा युरोपियन टिम अन्तिम चरणका मैत्रीपूर्ण खेलम व्‍यस्त छन्। यस्तो प्रतियोगिता हुन एक साता रहँदा स्पेनका कप्तान सर्जियो बुस्केटलाई भने कोरोना भाइरसको संक्रमण भएको छ।

बार्सिलोनाका मिडफिल्डर बुस्केटलाई कोरोना भएपछि आगामी मंगलबार  लुथानियाविरुद्धको मैत्रीपूर्ण खेल स्पेनले नखेल्ने भएको छ।

बुस्केटबाहेक टिमका अन्य सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कोरोना देखिएपछि बुस्केट आइसोलेसनमा बसेका छन्।

उनी अब स्पेनको युरोको सुरुवाती खेलमा हुने नहुने अन्योल बनेको छ।​ ३२ वर्षीय बुस्केटलाई कोरोना देखिएसँगै उनीसँग सम्पर्कमा रहेकाहरू आइसोलेसनमा रहेका छन्।​ स्पेनले पहिलो खेल जुन १४ मा स्विडेनसँग खेल्नेछ। त्यस्तै १९ जुनमा पोल्यान्ड र २३ जुनमा स्लोभाकियासँग प्रतिष्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.