|

इलाम : विश्वकप तथा एसिया कप छनोटअन्तर्गत जोर्डनविरुद्ध खेलमा नेपाली राष्ट्रिय टोलीमा पहिलो लेगमा खेलेका ८ खेलाडी सुरुवाती–११ मा देखिँदै छन्।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो लेगका ८ खेलाडीलाई यस पटक सुरुवाती–११ मा उतार्दै छन्। गोलरक्षक किरणसहित डिफेन्डर अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द सुरुवाती–११ मा छन्।

फरवार्ड अन्जन विष्ट र मिडफिल्डर सन्तोष तामाङ रहेका छन्। बेञ्चबाट मैदान प्रवेश गरेका अविशेक रिजाल पहिलो पटक जोर्डन विरुद्ध सुरुवाती–११ मा देखिँदै छन्।अम्मान रंगशालामा सुरुवाती–११ मिडफिल्डमा रहेका रोहित यस पटक डिफेन्समा रहनेछन्। मिडफिल्डमै खेलेका अञ्जन यस पटक फरवार्ड छन्।

अम्मान रंगशालमा नेपाली बेञ्चमा रहेका  सुनिल बल र नवयुग श्रेष्ठ यस पटक समेत बेञ्चमा छन्।  चाइनिज ताइपेई विरुद्धको खेलका ३ जना खेलाडी परिर्वतन गरिएको छ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठलाई बेञ्चमा राखेका हुन्। उनीहरुको स्थानमा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवासले शिर्ष ११ मा स्थान बनाएका छन्।

नेपालको गोलपोष्ट किरण चेम्जोङले सम्हाल्दा डिफेन्स लाइनमा रोहित चन्द र अनन्त तामाङ रहेका छन्। विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन्।

यस पटक प्रशिक्षकले सुमन अर्याललाई मिडफिल्डमा मौका दिए पनि लेफ्ट व्याक रुपमा विकासलाई साथ दिनेछन्। पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन्।

सुमन लामा र अभिषेक रिजालले अन्जन विष्टलाई आक्रमणमा साथ दिनेछन्। जोर्डनविरुद्ध हालसम्म नेपालले जित निकाल्न सकेको छैन। उत्कृष्ट नतिजाको रुपमा सन् २०११ मा दशरथ रंगशालामा भरत खवासले अन्तिम समय गोल गरेपछि निस्किएको १–१ को बराबरी हो।

त्यसअघि जोर्डनको घरेलु मैदानमा नेपाल ९–० को सर्मनाक हार बेहोरेको थियो। त्यस समय नेपाली टिममा रहेको कप्तान किरण र डिफेन्डर रोहितबाहेक अरु खेलाडी छैनन्।

पछिल्लो पटक विश्व कप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो।

जोर्डनको सुरुवाती ११
गोलरक्षकः मुताज यासिन (कप्तान)
डिफेन्डरः  मोहम्मद अल्सोलिमान, याजान अल्राब, मोहम्मद अल्देमीर, इसान हदाद
मिडफिल्डरः नुर–अल–दिन–अल–रवाबदे, इब्राहिम मोहम्मद सामी,मोउसा मोहम्म सुलेमान
फरवार्डः वाहा फैजल सेफ, अलि इयाद ओलावान, याजान अब्दुल्लाह

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.