|

दाङ : कोरोना संक्रमण समुदायमा नै पुगेपछि दाङका संघ संस्थाहरू महामारी रोकथाम, नियन्त्रण र उपचारमा खटिएका छन्। स्थानीय सरकारले मात्र कोरोना भाइरसको नियन्त्रण रोकथाम र उपचार गर्न नसक्ने देखेपछि विभिन्न संघ संस्था समुदायमा पुगी उपचार र सचेतनामा जुटेका हुन्।

चिकित्सकसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले गत जेठ १३ देखि बेस नेपाल नामक संस्थाले खटाएको छ। टोलीले निःशुल्क उपचार, औषधि, मनोपरामर्श समेत उपलब्ध गराउँदै आएको छ। हाल तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा पुगी कोरोनाको लक्षण देखिएका व्यक्तिको घरमै पुगी परीक्षण, औषधि र परामर्श सेवा दिँदै आएको संस्थाका अध्यक्ष डिल्लीबहादुर चौधरीले बताए।

जेठ १३ गतेदेखि घुम्ती शिविर सञ्चालन गरिएको हो। घुम्ती शिविर दाङका १० वटै स्थानीय तहमा सञ्चालन गरिने चौधरीले बताए। स्थानीय तहको समन्वयमा घुम्ती शिविर प्रभावकारी बन्दै गएकाले अझै केही दिन शिविर सञ्चालन हुने बेस नेपालका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरील बताए।  

झण्डै २ साताको अवधिमा डा. राजीव झा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले महिला ६३६ र पुरुष ४६० गरी तीन स्थानीय तहमा १ हजार ९६ जनाको स्वास्थ्य जाँच गरेको छ। त्यस्तै, ४६ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनाको कोरोना पुष्टि भएको छ। १९७ जनाको  एन्टिजेन्ट टेष्ट गर्दा  ४९ मा पुष्टि भएको डा. झाले जानकारी दिए। यसैगरी विभिन्न लक्षण देखिएका ८१९ जनाको स्वास्थ्य परीक्षण र  ६८४ जनालाई औषधि उपलब्ध गराएको  समेत उनले जानकारी दिए। बबई, शान्तिनगर र तुलसीपुर बिभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.