|

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक जेठ २७ गते बिहीबारको लागि बोलाइएको छ। 

प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बिहीबारका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशको आठौं तथा बजेट अधिवेशनको २ वटा बैठक यसअघि नै बसिसकेको छ। जेठ १६ गते बजेट अधिवेशनको पहिलो बैठक बसेको प्रदेशसभाको दोस्रो बैठक जेठ १७ गते बसेको थियो।

पहिलो बैठक शोक प्रस्ताव मात्रै पारित गरेर सकिएको थियो भने दोस्रो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो।

बिहीबार बोलाइएको बैठकको कार्यसूची तय भइनसकेको प्रदेशसभाका उपसचिव विनोद अमात्यले बताए। उनले अहिले बिहीबार बैठक बस्ने मात्रै तय भएको भन्दै कार्यव्यवस्था समितिले कार्यसूची तय गर्ने जानकारी दिए।

अब बस्ने बैठकमा आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी रहेको बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.