|

काठमाडौं : रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले बजारबाट गाउँ आउनेहरूले कोरोना संक्रमण फैलाएको बताएका छन्। पछिल्लो समय गाउँगाउँमा कोरोना संक्रमित बढ्दै गएपछि उनले यस्तो बताएका हुन्।

गाउँमा खेतीपाती तथा पशुपालन गर्ने हुँदा घर भित्र मात्रै बस्नु भन्न नसकिने हुँदा संक्रमण झन फैलिएको उनको भनाइ छ। ‘बजारमा बस्नेहरुलाई गाउँमा आउन नदिने भन्दा पनि गाह्रो,राति राति पनि गाडी चढेर आउँछन्, उनीहरुले गर्दा गाउँपालिका भर संक्रमित बढे,’ लामाले भने। 

गाउँपालिकाको क्षमताले भ्याएसम्म कोरोना नियन्त्रण तथा रोकथामको प्रयास जारी राखिएको अध्यक्ष लामाले बताएका छन्। गाउँपालिकाका विभिन्न वडामा कोरोना भाइरस फैलिन थालेपछि एन्टिजेन परीक्षणमा जोड दिइएको छ। 

हालसम्म ६ सय ७६ जनाको एन्टिजेन परिक्षण गर्दा २ सय ७४ जना संक्रमित पहिचान भएको अध्यक्ष लामाले जानकारी दिए। हालसम्म कोरोना संक्रमणबाट गाउँपालिकामा २ स्थानीयको मृत्यु भएको छ भने ७ जना संक्रमितको गाउँपालिकाअन्तर्गत रहेकाे दुई वटा अस्पतालमा उपचार भइरहेको उनले बताए। 

उनका अनुसार ७५ जना संक्रमण मुक्त भइसकेका छन् भने बाँकी संक्रमित होम आइसोलेसनमा नै रहेका छन्। गाउँपालिकामा २ वटा अस्पताल ३५ वटा बेडसहित अस्पताल सन्चालनमा रहेको भए पनि जनशक्ति अभाव हुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा हाल ४ वटा एम्बुलेन्स र एक शववाहन सन्चालनमा रहेको अध्यक्ष लामाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.