|

पर्सा : वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज-पथलैया औद्योगिक क्षेत्रका श्रमिक र संचालकलाई कोरोनाको तेस्रो भेरियन्ट आउनुपूर्व खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

कोरोनाको पहिलो र दोस्रो महामारीको संकटका समयमा पनि बिनाखोप अत्यावश्यक सामग्री उत्पादन गरी देशलाई नै बचाउन टेवा दिने यो करिडोरका श्रमिक र संचालकलाई तेस्रो भेरियन्ट आउनु पूर्व नै खोप उपलब्ध गराउन संघले सरकारसँग माग गरेको हो।

संघका अध्यक्ष सुबोध गुप्ताले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई मंगलबार पत्र लेख्दै १ लाख २५ हजार श्रमिकले श्रम गरिरहेको यो करिडोर क्षेत्रका श्रमिक र संचालकलाई कम्तिमा एक लाख खोप तत्काललाई उपलब्ध गराइ दिनमाग गरेका छन्।

कोभिडको बढ्दो महामारी संक्रमणले थिलथिलो बन्दा पनि राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर प्रमुख औद्योगिक करिडोरका श्रमिक र संचालकले योगदान गरेको छ उनले भने।

ज्यानको बाजी थापेर अन्य फ्रन्टलाइनर सरह अत्यावश्यक मालवस्तुको उत्पादन र आपूर्तिमा साथ दिने यो क्षेत्रलाई खोपको प्राथमिकतामा पारी दिन संघका अध्यक्ष गुप्ताद्वारा सरकारका स्वास्थ्य मन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

अन्यथा तेस्रो भेरियन्टको खोप अभावमा बाध्य भएर श्रमिकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा आनाकानी गरे उद्योग, व्यवसाय बन्द हुने सक्ने तर्फ संघले नेपाल सरकारका स्वास्थ्यमन्त्रीलाई धानाकर्षण गराएको छ।

तेस्रो लहरको कोरोना भेरियन्ट अझ कडा आउने विज्ञहरुको कुराले दोस्रो लहरमा पाँच जना श्रमिकले ज्यान गुमाएर पनि अत्यावश्यक मालवस्तु उत्पादन र आपूर्ति व्यवस्थामा साथ दिएका श्रमिकले फेरि साथ दिइरन्छन् भन्ने हुँदैन।

दुवै लहरमा हटस्पट कहलिएको मुलुकको नै प्रमुख नाका तथा धमनीका रुपमा रहेको वीरगन्ज क्षेत्रका श्रमिकहरुको जीवनरक्षाका लागि पनि तत्काल १ लाख डोज खोप उपलब्ध गराउन सरकारसँग संघले माग गरिएको संघका अध्यक्ष गुप्ताले बताए।

यो खोपको व्यवस्थापनमा बरु संघले सरकारलाई सहयोग गर्छ। तर मुलुकको नै अत्यावश्यक सामग्री उत्पादन र आपूर्तिमा साथ दिने यो क्षेत्रका श्रमिक र संचालकलाई सरकारले पनि प्राथमिकतामा पारी तत्काल खोप उपलब्ध गराइदिन माग गरिएको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।

वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रको वास्तविकता दर्शाउँदै संघले नेपाल सरकारका स्वास्थ्य स्वास्थ्यमन्त्रीलाई लेखेको पत्रको बोधार्थ प्रदेश २ का मुख्यमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघ, वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि उपलब्ध गराएको जनाएको छ।

खोप लगाएका सरकारका कर्मचारी घरमा, बिनाखोपका श्रमिक दैनिक करिडोर क्षेत्रका उद्योगमा भन्ने समाचार थाहाखबर अनलाइनमा जेठ १८ गते प्रकाशित भएको थियो।

 


समाचार आएपछि संघले पनि यथार्थ समाचार भनी अझ आफ्नो पनि ध्यान यतातर्फ दिएको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.