|

काठमाडाैं : गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संरक्षण समितिले प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकहरूका प्रकाशित नेपाली वाङमयको श्रीवृद्धिका लागि एक उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्ने भएको छ। पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा 'अरनिको पुरस्कार' राखिएको छ।

हालै सम्पन्न नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रबन्ध समितिको बैठकले उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो।

समितिले २०७७ भरी प्रकाशित नेपाली वाङ्मयका गैरआवासीय नेपाली भाषी लेखकहरूबाट प्रकाशित पुस्तकहरूको संकलन यही जुलाई मसान्त, २०२१ सम्म गरिसक्ने निर्णय गरेको छ। त्यसका लागि अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र संघको अन्तर्राष्ट्रिय सचिवालय काठमाडौंमध्ये कुनै एक स्थानमा पुस्तक पठाउन सकिने छ।

उक्त पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन वा एनआरएनए डेका दिन प्रदान गरिने छ। अक्षय कोष संचालन गर्न बनेको विनियमअनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पूर्वकोषाध्यक्ष तथा भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा छन्।

सदस्यहरूमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददि सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त छन्। सल्लाहकारहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पुर्व अध्यक्ष जीवा लामिछाने छन्।

पुरस्कार तयारी समितिले पुरस्कार संचालनका लागि ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइसकेको तयारी समितिका अर्थ संयोजक ईश्वर भट्टले बताए। 

त्यसैगरी अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्वपूर्ण व्यक्तित्वलाई समेत सम्मान र पुरस्कृत गर्न थालिने समितिले जनाएको छ।

प्रबन्ध समितिले मूल्यांकनका निम्ति विशिष्ठ  साहित्यकारहरू रहेको छुट्टै समिति बनाउन सक्नेछ। पुरस्कार सेप्टेम्बर महिनासम्म घोषणा गरिने छ। पुरस्कार दाबीका लागि लेखक स्वयं, प्रकाशक, संघ संस्था वा लेखकका शुभेच्छुकहरूले लेखकको स्वीकृतिमा तलका तीन ठेगानामध्ये कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ २०७७ चैत्र मसान्तसम्म छापिएको पुस्तकको तीन प्रति पठाउनु पर्नेछ।

पुस्तक पठाउने ठेगाना

(क ) Dadi Sakota

17 Rue Françis Perrin

91190 Gif-Sur-Yvette ,

France

 (ख ) Maheshwar Pant

1646 Main St, Walpole MA 02081, USA

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.