|

सल्यान : विश्वभर फैलिएको कोरोना भाइरस महामारीका बेला सल्यान जिल्ला अस्पतालले शल्यक्रियालगायतका अन्य सेवालाई निरन्तरता दिइरहेको छ।

महामारीका बेला ओपिडी सेवा बन्द गरे पनि स्वास्थ्य मापदण्ड अपनाएर इमर्जेन्सी शल्यक्रियालगायत गर्भवती, सुत्केरी, परिवार नियोजन, दीर्घरोगको परीक्षण र उपचार भइरहेको अस्पताले जनाएको छ।

बैशाख ६ गतेदेखि २४ वटा साना तथा ठूला शल्यक्रिया गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए। उनका अनुसार २० वटा प्रसूति शल्यक्रिया, तीनवटा हाडजोर्नीसम्बन्धी र एक हर्नियाको सफल शल्यक्रिया गरिएको छ। कोरोनाले जिल्लाबाहिर जान सक्ने अवस्था नरहेकाले पनि अस्पतालमा शल्यक्रियाका लागि सेवाग्राही आउने गरेको डा. शर्माले बताए।

सीमित स्रोतसाधनका बीच सल्यान अस्पतालले गरेको सफल उपचारलाई थप व्यवस्थित गर्न प्रदेश र संघले ध्यान दिए आगामी दिनमा सेवा विस्तार गर्न सहज हुने अस्पतालका चिकित्सक बताउँछन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.