|

झापा : आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका(४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

आगलागीमा परी घाइते भएका ती वृद्धका छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको आधा शरीर जलेको छ। अहिले अवस्था सामान्य रहेको चिकित्सकले जनाएको छ।  मृतक वृद्धलाई आफन्तले दाहसंस्कारका लागि कनकाईस्थित माई नदी लगिसकेको छन्।

गत सोमबार साँझ ८स्४० बजे ग्यास लिक भएर घरमा आगलागी हुँदा आमासहित दुई छोरा घाइते भएका थिए। पति भगीरथको किरियामा बसेकी चनमायाले पानी तताउन ग्यास बाल्ने क्रममा आगलागी भएको थियो। आगलागीमा परी घाइते भएका तीनैजनालाई उपचारका लागि पाँचथर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरे पनि थप उपचारका लागि मेची अस्पताल भद्रपुर ल्याइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.