|

पर्सा : निषेधाज्ञाका समयमा अत्यावश्यक सामग्रीबाहेक व्यापारिक फर्म जबरजस्ती खोलेको पाइएपछि पर्सा प्रहरीले विभिन्न फर्मका १३ जनालाई पक्राउ गरेको छ। अटेर गरी जबरजस्ती खोलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको हो। 

पक्राउ पर्ने व्यापारिक फर्मका व्यक्तिहरूमा वीरगन्ज महानगरपालिका-१६ का हार्डवेयर संचालक उपेन्द्र साह, सोही ठाउँका अर्का बोलबम हार्डवेयर पसल संचालक राहुल साह, कृति सप्लायर्सका सोही ठाउँका दयानन्द साह, वीरगन्ज १५ पिपरा बस्ने उमंग ट्रेडिङका रितेश महतो, वीरगन्ज-२ आदर्शनगरका सर्राफ इलेक्ट्रोनिक्सका आरएन सर्राफ, सोही ठाउँका दीपक पान सेन्टरका दिपक सर्राफ, अरप्याट इलेक्ट्रोनिक्सका संजय कुमार सोनार, सोही ठाउँका सन्तोष श्रेष्ठ, वीरगन्ज-६ का स्टेशनरी पसल संचालक सुभम गुप्ता, रहेका छन्। 

त्यसैगरी सिलाइ कटाइ पसल संचालक वीरगन्ज-४ का जाहिल मियाँ, रौनियार कपडा पसलका जितेन्द्र प्रसाद, पानीपुरी पसल संचालक नागेश्वर बानियाँ र सिलाइकटाइ पसलकै अर्का विश्वनाथ प्रसादलाई पनि पर्सा प्रहरी मातहतको प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। 

पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई निषेधाज्ञाभर जबरजस्ती पसल संचालन नगर्न सम्झाइबुझाई सानो नसियतमा छाडिएको पर्साका प्रहरी नायव उपरीक्षक खनालले बताए।

जबरजस्ती व्यापारिक फर्म संचालन गरी भीड जम्मा गर्न र संक्रमणलाई बढावा गर्न निषेधाज्ञाको समयमा कसैलाई पनि छुट नहुने भएकोले प्रहरीले कडाइ गर्न परेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.