|

काठमाडौं : यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुंदैछ। जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ।

युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो।

यसैबीच युरोकप खेलिने युरोपका विभिन्न ११ वटा रंगशालाको साजसज्जा तयार गरी चिटिक्क पारिएका छन्। युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दै निर्णय गरिसकेको छ।

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् भने फाईनल खेल फाइनल खेल लण्डनमा हुने तालिका छ। 

सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरोकपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो।

युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ। यसअघि सन् २०१६ मा भएको युरोकपको उपाधि पर्च्युगलले जितेको थियो। सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना महामारिका कारण एकबर्ष पछि सारिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.