|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गएराति भेटवार्ता भएको छ।

उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको थियो।  साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए। 

सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।

संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको बताइएको छ।

यसबाहेक गण्डकी प्रदेशको विवाद पेचिलो बन्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा नै भंग गर्ने मनस्थितिमा पुगेका छन्। 

यसका सम्बन्धमा पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.