काठमाडौं : इटलीका माटिउ बेरेट्टीनीलाई पराजित गर्दै नोभाक जोकोभिच फ्रेञ्च ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन्।
जोकोभिचले गएरातिको खेलमा बेरेट्टीनीलाई ६–३, ६–२, ६–७ र ७–५ को सेटमा पराजित गरेका हुन्। अब जोकोभिचले सेमिफाइनलमा आफ्नो निकट प्रतिद्वन्द्वी राफेल नाडालसँग प्रतिस्पर्धा गर्नेछन्।
जो १४ औं पटक रोनाल्ड ग्यारोजमा उपाधि जित्दै रेकर्ड बनाउन चाहन्छन्। अबको खेलमा यी दुई टेनिस स्टार ५८ औं पटक भेट हुन लागेका हुन्। उनीहरु मध्येको विजेताले अर्को सेमिफाइनलमा भिड्दै गरेका ग्रिक खेलाडी स्टेफानो सिसिपास र जर्मन अलेक्जेन्डर जेरेभको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। यदि नाडालले उपाधि जितेमा उनी पुरुषतर्फ सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीमा पर्नेछन्।
नाडाल र रोजर फेडेररले सर्वाधिक समान २०–२० ग्राण्डस्लाम उपाधि जितेका छन् भने ३४ वर्षे जोकोभिचले १८ उपाधि जितेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।