|

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले विपद् व्यवस्थापन गर्न तालिमप्राप्त स्वयमसेवक देशभर खटाउने बताएका छन्।

बुधबार मनसुनको पूर्वतयारी योजनाबारे सरोकारवालासँग भएको भर्चुअल छलफलमा उनले यस्तो बताएका हुन्।

उनले यो वर्षको मनसुन खतरायुक्त हुन सक्ने भन्दै अहिले नै सचेत हुनुपर्ने पनि बताए। भने, ‘हेलिप्याडबारे पनि २४ घण्टा जानकारी दिनेछौं।’

विपद व्यवस्थापनका लागि विशेष कार्ययोजना बनाउने पनि उनले बताए। ‘यसपालि डढेलोले धेरै पहाड नांगिएका छन्, यसले पनि बाढी निम्त्याउने सम्भावना उच्च छ, त्यसैले सरोकारवाले दिएका सुझावका आधारमा हामी कार्ययोजना बनाई लागु गर्नेछाैँ,’ उनले भने। ​

अहिलेबाटै उच्च जोखिम भएका घरको अवस्था अध्ययन गरिरहेको पनि बताए। जलस्रोत तथा सिँचाइ विभागका व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवले तटबन्धलगायत प्रभावकारी उपाय अपनाई यस वर्षकाे बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्ने बताए।

बजेटको व्यवस्था गरी विभिन्न जिल्लाका बाढी आउने ठाउँमा खाली बोरा,तार,जाली जस्ता आवश्यक सामग्री भण्डारण गर्ने तयारी थालिएको उनकाे भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.