|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितको नि:शुल्क सेवा नदिएकाे पाइए सरकारबाट पाउने सबै सेवा सुविधा रोक्का गर्ने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गरी आफन्तले चाहेको अवस्थामा मात्रै अस्पतालहरुले शुल्क सेवा दिनुपर्ने जानकारी दिएको छ।

सरकारले बारम्बार जारी गरेको यस्ता सूचना बेवास्ता गर्ने ती अस्पतालको दर्ताखारेज गर्नेसमेत चेतावनी दिएको छ।

‘सेवाग्राहीहरुको विवरणहरु फरक परेमा वा कुनै पनि सेवाग्राहीलाई समस्या परेको पाइएमा सरकारबाट हुने कुनै पनि शोधभर्ना उपलब्ध नगराइने, नि:शुल्क कोभिड -१९ सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाइने छ,’सूचनामा भनिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.