कृषकलाई विशेष राहत

|

विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको हो। 

प्रदेश १ सरकारले पनि केन्द्र सरकारजस्तै यस वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेको छ। कोरोना रोकथाम, उपचार र खोप अभियानलाई नै पहिलो प्राथमिकतामा राखेको छ।   

नीति तथा कार्यक्रममा सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन्। 

कोरोना भाइरसको असर सबैभन्दा बढी स्वास्थ्य, कृषि र रोजगारमा परेकोले ती क्षेत्र महत्वका साथ समेटिएको छ। कृषकलाई दिइने विशेष राहत र त्यसपछि कृषि पेसामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.