|

काठमाडौं : काठमाडाैं महानगरपालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ।

गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा संचालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नुपरेको बताए।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोगस्वरूप उपलब्ध गराएको थियो। यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्ष भन्दामाथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो।

'सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ,' जनस्वास्थ्य प्रमुख कुँवरले भने।

अब बाँकीलाई कसरि खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए। कार्यक्रमअनुसार काठमाडौँ महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो। महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.