|

दाङ : पछिल्लो समय दाङमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ। दोस्रो लहरको कोरोना महामारी सुरु भएपछि कुनै समयमा संक्रमितको संख्या दैनिक ४०० भन्दा बढी र मृतक संख्या १७ जनासम्म पुगेको थियो।

तर, पछिल्लो समय संक्रमण र मृत्युदर घट्दै आएको तथ्यांकमा देखिएको छ। गत बिहीबार ४४ जना नयाँ संक्रमित थपिए भने १३० जना संक्रमणमुक्त भएका थिए। सो अवधिमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिसिएमसी)ले जनाएको छ।

डिसिसिएमसीका अनुसार गत बैशाखदेखि हालसम्म ११ हजार ७४० जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४४६ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये १०५ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा र ३४१ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्य १५ जनाको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, सोही अवधिमा ६ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्। गत बैशाखदेखि जेठ २७ गतेसम्म कोरोना संक्रमणका कारण १९१ जनाको मृत्यु भइसकेको छ। जसमध्ये तुलसीपुर उपमहानगरका ८० जना हुन्। 

दाङका विभिन्न अस्पताल तथा आइसोलेसनमा गरी ३५० वटा बेड छन्। कुने समयमा बेड अभाव हुँदा संक्रमितहरु बाहिरै उपचार गर्न बाध्य थिए। तर, पछिल्लो समय बेडहरु खाली छन्। अहिले १०५ वटा मात्र बेडहरु प्रयोग भएको डिसिसिएमसी दाङले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.