|

काठमाडौं : सरकारले नेपालमा पशुपक्षीबाट मानवमा सर्ने १० प्रमुख जुनोटिक रोगहरुको प्राथमिकीकरण गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार नेपालमा पशुपक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरिएको हो। 

जसमा प्राथमिकीकरण गरिएका रोगहरुमा इन्फ्लुएन्जा जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २), लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस छन्।

यस्तै, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिसर्कोसिस/हार्डडाइटिडोसिस र टोक्जोप्लास्मोसिस रहेका छन्। यसअघि नेपालका ६ वटा जुनोटिक रोग प्राथमिकिकरणमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.