|

चितवन :  कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३ वटा, जबरजस्ती करणीका ३ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा र बहुविवाहका १–१ वटा मुद्दा दर्ता भएका छन्। निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए।

निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए। थापाले भने,'घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन्।' कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.