|

दाङ : दाङमा सिँचाइ कुलोबारे विवाद हुँदा गोली चलेको छ।

तुलसीपुर उपमहानगरपालिका-८ अश्वारास्थित गहते खोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवाले गोली चलाएका हुन्। वडा नं ८ चन्द्रगन्ज निवासी २५ वर्षीय पूर्ण बहादुर वलीले गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए।

उनका अनुसार वलीले चलाएको गोली कसैलाई पनि लागेको छैन। उनले भने, ’वली भारततिर काम गर्ने र उतैबाट पेस्तोल ल्याएको बुझिएको छ। हामीले उनलाई पक्राउ गरिसकेका छौँ।’

शुक्रबार दिउँसो सवा १२ बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले वलीसहित अर्का एक जनालाई पनि पक्राउ गरेको जनाएको छ। उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाएर भाग्न लागेका तुलसीपुर-८ टिकरीका आकाश चौधरी रहेका डिएसपी सिंहले बताए।

प्रहरीले पेस्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.