|

सुर्खेत : आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।

एमाले संसदीय दलका नेता गुलावजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गरेका थिए। ‘विधिवत् रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो ?’ उनले प्रश्न गरे,‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन्।’

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएका कारणले छलफलमा सहभागी बन्न आग्रह गरेका थिए। त्यसलगत्तै दलका नेता यामलाल कँडेलले आफुहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीको हस्ताक्षर नभएको दाबी गर्दै सच्याउन माग गरेका थिए।

सभामुख शाहीले त्यसलगत्तै आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.