दीपक मनाङेको फोन अफ

|

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन आज (शुक्रबार) नै सरकारमा जाने तयारी गरिरहेका छन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै दाबी पेश गर्न उनीहरू नै प्रदेश प्रमुखसमक्ष जाने जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।

उनले थाहाखबरसँग टेलिफोनमा भने, ‘हामीसँग ३१ सांसदको हस्ताक्षर छ। आज साढे पाँच बजेदेखि ६ बजेभित्र प्रदेश प्रमुखकहाँ दाबी पेश लिएर जानेछौँ।’

सांसद आचार्यका अनुसार दाबी पेश गर्नका लागि कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले हस्ताक्षर गरिसकेका छन्।

अहिले उनीहरू पोखरा सभागृहस्थित प्रदेश सभामा छलफल गरिरहेका छन्।  सांसद आचार्यले भने, ‘केही तयारी पुगेको छैन त्यसैले छलफलमा छौँ। सकिएलगत्तै दाबी पेश गर्नका लागि जान्छौँ।’

​प्रदेश प्रमुखले आज संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आव्हान गरेकि थिइन्। 

सांसद आचार्य मनाङ्गेसहित प्रदेश प्रमुख कहाँ जाने बताउँछन्।  तर, यस विषयमा मनाङ्गेको प्रतिक्रिया लिनका लागि फोन गर्दा उनको फोन स्वीचअफ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.