|

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि प्रक्रिया पूरा गर्न विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुगेका छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद भर्खरै प्रदेश प्रमुख कहाँ पुगेका हुन्।

आजै केही घण्टा अघि मात्रै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आव्हान गरेकी थिइन्। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमत पुर्याउनका लागि ३१ सांसद आवश्यक हुन्छ।

जसपाका सांसद हरिशरण आचार्यका अनुसार कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यस गठबन्धनमा सामेल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.