|

सुर्खेत : राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन्।

आज कर्णाली प्रदेशसँग खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन्। ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन्।' राउटे मुखिया सूर्यनारायण शाहीको भनाइ उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्न दिनुपर्‍यो।’

उनीहरुले त्रिपाल, लगत्ता कपडालगायत वस्तुहरु माग गरेका छन्। वर्षादको समय सुरु हुन लागेका कारण त्रिपाल लगायतका बन्दोबस्तका सामग्री माग गरेका हुन्। राउटे अगुवासँगको भेटघाटपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामानहरु बन्दोबस्त गरिदिने आवश्वासन दिएका प्रेस सल्लाहकार बुढाथोकीले बताए। 

त्यस्तै सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले हप्ता दिनभित्र राउटे समुदायका माग सम्बोधन गर्ने बताए। फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन्।

यहाँ राउटे समुदायमा ३६ घरपरिवारका एकसय ४५ जना नागरिकहरु छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.