|

पर्सा : सञ्चालनकको केही वर्ष बिताएका वीरगन्जका पुराना हस्पिटलले कोरोना दोस्रो लहरमा संक्रमितलाई उपचार गर्न अन्कनाएकै बेला वीरगन्जमा स्पर्समल्टी स्पेसियालिटी हस्पिटलले सेवा प्रारम्भ गरेको छ। औपचारिक रुपमा अस्पताल संचालनको घोषणा गर्न नभ्याई गएको वैशाख २६ गतेबाट यो हस्पिटलले कोरोनाका संक्रमित बिरामीबाटै सेवा प्रारम्भ गरेको हो। 

कोरोनाको दोस्रो लहर उच्च सल्बलाएको समयमा सेवा प्रारम्भ गर्नु पर्दा त्रास र कुशलता दुवै हुनुपर्ने चुनौती थियो। तर ७ जना चिकित्सकहरुको सहकार्यमा अस्पताल संचालन गर्ने जमर्कोलाई फलिभूत गर्ने अवसरझैं भएको स्पर्समल्टी स्पेसियालिटी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा निमेशपाल रमणले बताए।

अस्पताल संचालनका लागि स्वीकृति लिन वीरगन्ज महानगरपालिका गएकै दिन कोभिडका बिरामीको तुरुन्त सेवा प्रारम्भ गर्नुस् भन्ने नगरप्रमुख विजय कुमार सरावगीको आग्रह औपचारिक सेवा प्रारम्भबिना पनि सेवा दिन थालिएको उनले तर्क गरे।

भर्ना भएका ६६ संक्रमित मध्ये ४८ डिस्चार्ज 

अहिलेसम्म स्पर्समल्टी स्पेसियालिटी हस्पिटलले ६६ जना संक्रमितको उपचार गरेको अस्पतालका न्यू न्याटोलोजिस्ट डा श्याम कुमार गुप्ताले बताए। ६६ जनामा ४८ जना पूर्ण रुपले निको भएर डिस्चार्ज भइसकेको छन्।

'४ जना बिरामीको अझै उपचार हुँदै छ,' उनले भने। १४ जना बिरामीको भने अस्पतालमा ज्यान गएको अर्का डा राजेश कुमार साहले बताए। कोभिडका बिरामीका हस्पिटलले अझै ११ बेड छुट्याइराखेको जनाएको छ। 

वीरगन्ज क्षेत्रका बिरामीले समयअनुकूल चुस्त सेवा पाउनबाट बञ्चित भई अन्यत्र जान पर्ने बाध्यतालाई निर्मूल गर्न चिकित्सकहरु मात्र मिलेर खोलिएको हस्पिटलमा अब ओपिडी सेवा पनि सुरु गरिएको फिजिसियन डा महेश्वर प्रसाद कुर्मीले बताए।

फिजिसियन, डिएम कार्डियोलोजिष्ट, न्यू न्याटोलोजिष्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, ल्याप्रास्कोपिक सर्जन, न्यूरोसर्जन, अर्थोसर्जन, एनेस्थेसिया, रेडियोलोजिष्ट जस्ता सबै सेक्टरका विज्ञ डाक्टरले सेवा दिन थालिएको उनको भनाइ छ।

फूल टाइमर विज्ञ चिकित्सक 

'नर्स या अरु स्टाफको भरमा हामी अस्पताल छोड्दैनौं। बाहिर कतै पनि समय दिएर यो अस्पतालमा पार्ट टाइम दिएका कोही डाक्टर छैनौं। सातै जना डा यहि हस्पिटलका फूल टाइमर डाक्टर भएकोले बिरामीले स्तरीय सेवा पाउने छन्,' डा कुर्मीले तर्क गरे।

‘इन हाउस डाक्टर २४ घण्टै हुन्छौं,' अर्का डा गुप्ता

कोरोनाको उच्च लहरमा २५ वेडको हस्पिटल भने पनि आवश्यकताका आधारमा बेड बढाई २ भेन्टिलेटर, ११ आइसियू, १२ जेनेरल, ८ गाइनो र ५ एनआइसियू गरी ३८ वटा बेड पुर्‍याइएको थियो।

अहिले भने अवस्था फेरि सामान्य हुन थाल्दै छ। तर आगामी दिनमा पुनः नेपाल सरकारसँग समन्वय गरी बेड थप्दै यहाँबाट प्रदान गरिने सेवालाई झनै प्रभावकारी बनाउँदै लैजाने पनि अस्पतालको लक्ष्य छ। विशेषज्ञ चिक्सिकहरुको टिमले गर्दा अहिले हस्पिटलले मेडिसिन, गाइनो, पिडिआ, अर्थो, ग्यास्ट्रो, पल्मो, सर्जरी र न्यूरो सर्जरीको सुविधा दिँदै आएको चिकित्सकहरुले बताए। 

निजी अस्पतालले बढी फिइ लिइरहेको समयमा नयाँ खुलेको अस्पतालले कसरी सेवा दिनुहुन्छ त भन्ने प्रश्नमा स्पर्समल्टी हस्पिटल प्रबन्ध निर्देशकसमेत रहेका डा.कुर्मीले नेपाल सरकारले तोकेकोभन्दा पनि कम शुल्कका सेवा दिँदै गरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.