|

काठमाडाैं : विश्वकप छनोट तथा एसिया कप छनोटअन्तर्गत नेपाल अस्ट्रेलिसँग पराजित भएको छ। पहिलो हाफमा २ र दोस्रो हाफमा १ खाँदै नेपालले विश्वपक छनोटको यात्रालाई लगभग टुंग्याएको हो।

खेलको छैटाैं मिनेटमै गोल खाएर पछि परेको नेपालले ३८ औं मिनेटमा दोस्रो गोल खाएको थियो।  ५७ मिनेटमा थप एक गोल खाएपछि नेपाल ३-० गोल अन्तरले पराजित भएको हो। 

आजको खेलमा नेपालमा डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। नेपालविरुद्ध खेलको छैटाैं मिनेटमा म्याथु लेकीले पहिलो गोल गरेका हुन्। त्यस्तै दोस्रो गोल उनै लेकीको उत्कृष्ट पासमा फ्रान काराकिकले ३८ औं मिनेटमा गरे। त्यस्तै ५७ औं मिनेटमा मार्टिन बोयलले तेस्रो गोल गरे।

हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ। अस्ट्रेलिया भने विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ।

यता नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा बस्नुपर्ने हुन्छ। सबै समूहका पुछारमा रहेका देश र चौथो स्थानका चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्न पाउने नियम छ।

अस्ट्रेलियाले ७ खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक जोड्न सफल भयो। नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो। नेपालले मात्र दुई खेलमा एकै देशविरुद्ध( चाइनिज ताइपेई) जित निकाल्न सफल भयो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.