|

स्याङ्जा : राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकामा जडान गरिएको छ। कोरोना संक्रमित बढेसँगै अक्सिजनको माग अत्याधिक भएपछि केन्द्रले प्लान्टको निर्माण सुरु गरेको थियो। 

२० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टमा भीरकोट नगरपालिकाको १० लाख र राष्ट्रिय आविष्कार केन्द्रको १० लाख रुपैयाँ लगानी रहेको छ। उक्त प्लान्टमा सातवटा कन्सन्ट्रेटर प्रयोग गरी प्रतिमिनेट ६५ लिटर अक्सिनज उत्पादन भैरहेको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिए। आवश्यक परे ६ वट कन्सन्ट्रेटर थप गरेर १२० लिटर प्रतिमिनेट उत्पादन गर्न सकिने उनको भनाइ छ।

केन्द्रले यो अभियानलाई मागको आधारमा देशव्यापी सेवा प्रदान गर्ने जनाएको छ। अक्सिजन सिलिन्डर र ग्याँसको अभावमा धेरैजनाको ज्यान गएपछि केन्द्रले जेठ पहिलो सातादेखि प्लान्ट निर्माणको अध्ययन अनुसन्धान गरेको थियो। १० जना युवा मिलेर निर्माण गरिएको यो प्लान्टको परीक्षण समेत सफल भएपछि पहिलोपटक भीरकोट नगर अस्पतालमा जडान गरिएको हो।

सस्तो लागतमा निर्माण गर्न सकिने मिनी प्लान्टले कोरोना महामारीको रोकथाम मात्र नभई अन्य रोगबाट समेत बचाउन सकिने को बायो मेडिकल इन्जिनियर उमेश किरात बताउँछन्। 

भीरकोट नगरपालिकामा जडान गरिएको प्लान्टलाई दिगो बनाउन अस्पतालको जनशक्तिलाई तालिम समेत प्रदान गरिएको नगरप्रमुख छायाराम खनालले बताए। आवश्यक परेको खण्डमा १०० वटा बेडमा चौबीसै घण्टा अक्सिजन उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको खनालको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.