|

जुम्ला : सिंजा गाउँपालिका–३ धिताललिहीका मनप्रसाद धितालको घरमा आगलागी  भएको  छ। शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको धितालको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १३ कोठे  घर पूर्ण रुपमा जलेको हो।

धितालले पाँच कोठाका केही काठका ठुटा र ढुङ्गा मात्रै बाँकी रहेको बताए। आगलागीबाट एक लाख रुपैयाँ नगद, गरगहना, लत्ताकपडा, अन्न सबै जलेको उनको भनाइ छ। त्यसै, उक्त घरमा घाडामा बस्ने तीन परिवारको अन्नपात।, लुगा र नगद जलेको छ।

धितालको घरमा लागेको आगो स्थानिय, जनप्रतिनिधि, नराकोट प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.