'अभिव्यक्ति फिर्ता लिएर मात्रै हुँदैन, गल्ती गरेको महसुस होस्'
'अभिव्यक्ति फिर्ता लिएर मात्रै हुँदैन, गल्ती गरेको महसुस होस्'
हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा सदस्य नरोत्तम वैद्यमा दम्भ देखिएको बताएका छन्।
शनिबार बसेको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले सांसद वैद्यमा दम्भ देखिएको बताएका हुन्। उनले वैद्यले प्रधानमन्त्री ओलीविरुद्व दिएको अभिव्यक्ति फिर्ता लिएको भए पनि आफ्नो गल्ती भने महशुस नगरेको बताए।
‘उहाँले माफी त माग्नुभयो। तर, आफ्नो गल्ती भयो मैले गलत बोलेँ भन्नुभन्दा पनि पार्टीले निर्देशन दियो त्यसैले अभिव्यक्ति फिर्ता लिन्छु भन्नुभयो। उहाँमा अझै दम्भ देखिन्छ’ मुख्यमन्त्री पौडेलले भने।
उनले सत्तापक्षले त्यस्तो अभिव्यक्ति दिएको भए संसद् नै तोडफोड हुने भन्दै आफूहरू मर्यादित भएर बसेको बताए। ‘संसदीय मर्यादा उल्लंघन गर्ने, मान्छे मार्ने? त्यो पनि प्रधानमन्त्रीलाई मार्ने? अरूले नमार्ने भए म मार्छु भन्ने उहाँमा कत्रो दम्भ’ उनले भने। पौडेलले संसदीय मर्यादालाई उल्लंघन गरेर देशको प्रधानमन्त्रीविरुद्व दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सांसद वैद्यलाई मनैदेखि आफ्नो गल्ती महशुस गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका वैद्यले संसद बैठकको सुरुवातमा लिखित रुपमा पत्र पढेर अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।